The तातो Post जनकपुर वैशाख १८,


सप्तगण्डकी क्याम्पसमा अध्ययनरत करीब ७५% भन्दा बढी विद्यार्थीहरू ग्रामीण भेग बाट पढ्न कोठा लिएर पढ्न आयका  छन् र उनीहरू  आर्थीक रुपमा पनि कमजोर छन् । कोरोनाको माहामारी बाट उत्पन्न  बिषम परिस्थितिको कारण धेरै जसो विद्यार्थीहरू आफ्नो गाउँ फर्केका छन् । 
 सबै को घरमा नेट हुन सक्दैन । कतीपय ग्रामीण क्षेत्रमा बस्ने हुँदा उनीहरूलाई  अनलाइन कक्षा लिन गारो हुन्छ । यसरी सबै  विद्यार्थी को मर्म नबुझी लिइएको निर्णय गलत छ ।
क्याम्पस प्रशासनले गरेको यो अनलाइन कक्षा सन्चालन गर्ने निर्णय गरीब र ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीको भविष्यमाथिको खेलवाड हो ।  
 जसले पढ्न पाउनु पर्ने हो उनीहरुनै यो प्रविधिबाट बिन्चित हुन्छन्  भने यस शिक्षा प्रणालीको केही महत्त्व रहदैन बजार क्षेत्रमा बस्ने  जो कोहीको पनी ईन्टरनेटको प्रयाप्त सुविधा नहुन सक्छ उनीहरु कसरी पढ्छन् त यो कुरा क्याम्पस प्रशासनले बुझ्नअति जरुरी छ ।

  अहिलेको लागी यो अनलाइन कक्षा कुनै पनी विद्यार्थी को हीतमा नहुनाले अनलाइन कक्षा खारीज  गरी अरू कुनै विकल्प सोच्नु पर्छ ।।
   – शुलभ मिश्र 
   – BBS पहिलो वर्ष अध्ययनरत विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *