The तातो Post

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका हुन्।

उनीहरू नौदेखि ५५ वर्ष उमेरका व्यक्ति छन् र सबैको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ। तीमध्ये तीन पुरुष र चार महिला छन्।

सबै जना नेपालगन्ज-८ का निवासी भएको र उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

यसअघि नेपालगन्जमा १५ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि आइतवार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *