The तातो Post काठमाडौँ, २२ वैशाख । नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीले ल्याएको रोग कोभिड-१९ का कारण विश्व यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । चीनबाट सुरु भएको यो महामारीका कारण अहिलेसम्म विश्वभरि कुल २ लाख ४८ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । हाल यस भाइरसकाे संक्रमण ३५ लाख ६३ हजारभन्दा बढीमा फैलिसकेकाे छ ।

युरोप र अमेरिकामा काेभिड-१९ का कारण सर्वाधिक जीवन क्षति भएको छ । ४ युरोपेली देश र १ उत्त्रअमेरिकी देशमा मात्रै १ लाख ७६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । त्यसको पनि झण्डै आधा संख्यामा संयुक्त राज्य अमेरिकामा मात्रै मानिसहरुको मृत्यु भएको छ ।

कोभिड १९ का कारण सबैभन्दा बढी ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका रहेको छ । त्यहाँ यो समाचार चयार पार्दासम्म ६८ हजार ५९८ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या पनि विश्वमै सर्वाधिक रहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टा अर्थात् आइतबार मात्र २७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने १ हजार १५४ को मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितमध्ये १ लाख ७८ हजारभन्दा बढी पूर्णरुपमा निको समेत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *