The तातो Post काठमाडौं चैत ३०विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण कैयौं संख्यामा विद्यार्थीहरु काठमाडौंम अलपत्र बनेका छन् ।
त्यहा अलपत्र परेका विद्यार्थीहरुलाई खान , बस्न समेत समस्या हुन थालेको समयमा विद्यार्थी जनमत संघले उद्धारको लागि सरकारसँग माग गरेको छ ।
संघले त्यहा फसेका विद्यार्थीहरुलाई खाने र बस्ने व्यवस्था छिटो मिलाईदिन सरकारसँग माग गरेको हो । काठमाडौंमा लकडाउनमा फसेका विद्यार्थीहरु विभिन्न समस्या झेल्न बाध्य भएको भन्दै संघले उनीहरुलाई उद्दार गर्न माग गरेको छ ।



सरकारले यसमा विलम्व नगरी तत्काल यथोचित राहतको व्यवस्था गरेर दायित्व निर्वाह गर्नुपर्ने संघको धारणा छ । यस्तै, सरकारले गरेको एक महिनाको घर भाडा छुट दिनुपर्ने निर्णय कार्यान्वयन गर्न गराउन पनि संघको माग छ । संघले खान पैसा नभएका विद्यार्थीहरुलाई घरबेटीले भाडा तिर्न जबरजस्ति गरिरहेको जानकारी दिएको छ । यस्तो विषम परिस्थितीमा समेत घरबेटीले विद्यार्थी मार्थी दबाब दिए संघ कानुनी उपचार खोज्न बाध्यहुने उल्लेख गरेको छ ।

संघले त्रिभुवन विश्वविद्यालयसँग सबै विभागको अनलाइन कक्षा सञ्चालन गर्नसमेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *