The तातो Post ,वीरगंजचैत ३०

तीन जना संक्रमित थपिँदा नेपालमा कोभिड १९ पोजेटिभको संख्या १२ पुगेको छ। पछिल्लो समय संक्रमण देखिएका तीन जना भारतीय नागरिक हुन्। तीन जना संक्रमितहरु ३७,४४ र ५५ वर्षको उमेर रहेका छन्। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ।

वीरगंज महानगरपालिका वडा नम्बर २ को छपकैयामा रहेको मस्जिद र यतिम खानामा २१ जना जमातीमा सहभागी भारतीय मुस्लिमहरुलाई राखिएको थियो। उनीहरु त्यही थिए। दिल्ली र यूपीबाट अढाई महिनाअघि नेपाल प्रवेश गरेका भनिएका उनीहरु दुई सातादेखि वीरगंजको छपकैयाको मस्जिदमा रहँदै आएका थिए। उनीहरु चैत १३ गते वीरगंज आइपुगेका थिए।

फेब्रुअरी १५ देखि १६ सम्म आयोजित ईस्तमामा सहभागी हुन् उनीहरु आएका थिए। सप्तरीमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक सम्मेलन ईस्तमामा सहभागी हुन नेपाल आएका उनीहरुले सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बाराको यात्रा गरेको देखिन्छ। त्यसपछि वीरगंजको छपकैयामा रहेको जामे मस्जिदमा पुगेका हुन्।

गत बिहीवार राति ८ बजे उनीहरुको स्वाब संकलन गरिएको थियो।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडाको ल्याबमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो| उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिबार पुन: परीक्षण गरिएको हो।

उनीहरुलाई नारायणी अस्पताल, वीरगंजमा आइसोलेसनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *