The तातो Post
बिहीबार, २५ बैशाख, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।
उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह रेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *