The तातो Post

आज देशभरि नै कोरोनाको जोखिम छदैछ तर यहाँ कयौँ व्यक्ती कोरोनाले भन्दा पनी भोक्मरीले मरीने पो होकी भन्ने डर र त्रास्मा छन् ।

  देशभरि नै कोरोना फैलीएको छ र पछील्ला समयभन्दा हाल नेपालमा कोरोनाको त्राष बडेको छ । सामाजिक दुरी कायम ॥गर्दै आफ्ना नागरिकलाई सरकारले महिना दिनदेखि घरभित्रनै बसाउँदा पनि यो भाइरस हराउनुको साटो संक्रमितको संख्या उल्टो बढी रहेको छ ।
एक तिर कोरोनाको डर छ भने अर्को तिर दिनरात अर्काको ज्याला मझ्दुरी गरेर आफ्नो पेट पाल्ने आम जनता कोरोनाले भन्दा पनी भोकमरीले पो मोरीने होकी भन्ने डर त्रासमा छन्

यस्तो बेलामा सरकारले घरमानै सर्तक भयर बस्नु भनेको त राम्रो नै हो तर सरकारले आफ्ना गरीब र दुःखी जन्ता घरमा मात्र बस्दैमा सबै कुरा राम्रो हुन्छ भन्ने यो सरकारको सोच यकदम गलत हो ।

यस्तो बिस्मपरीस्थितीमा  सरकारले आफ्ना जन्तालाई राहत दीनुपर्ने हो तर दीएको  छैन । राहत दीए पनी कतै १ कीलो नुन मात्र दिएको छ भने कतै २ कीलो दाल त कतै १ कीलो चामल मात्र दिएको पाइएको छ भने कुनै ठाउँमा त सरकारको राहतफ अहीले सम्म पनी पुगेको छैन ।तर प्रधानमन्त्री ज्यु भन्नुन्छ हामीले ८० करोडको राहत बाडेका छौ भनेर आखीर त्यो ८० करोडको राहत कुन ठाउँमा बाँडीयो प्रधानमन्त्री ज्यु ?     
               

 हामी आम जन्ताले Tax नतीरे आफ्नो पेट पाल्नपनी गारो हुने उच्च पदमा रहनुहुने सरकारी कर्मचारी , प्रतीनीधी हरुले यस्तो परीस्थीतिमा आफ्ना जनतालाई केही राहत बितरण गर्नु पर्ने ठाउँमा उल्टै राहतको पैसामा धरी  भ्रष्टचार गरेका छन् ।
 अझ तराई क्षेत्रमा त झन् ,राहत,पार्टीका कार्यकर्ता लाई मात्र राहत बितरण गरेको पाईएको छ । यस्तो बिसम्परीस्थिती मा पनी पार्टी गत हिसाबले राहत बितरण गर्नु  एकदम गलत हो । आज कयौँ को घरमा चुलो बलेको छैन  तर जनप्रतीनीधि हरु हारम गरेर बसेका छन्  तिनै दुःखी जनताले भोट दीयर आफु त्यस ठाउँमा पुगेको भन्ने  भुली सकेका छन् । चुनाव आउँदा बीयर का बोतल मासु अनी पैषा बीतरण गर्ने ती नालायक प्रतीनिधी हरु आज यस्तो परीस्थितीमा आखीर कहाँ छन् ?
 सरकारले चुनाव आउँदा   होइन  बरु यस्तो अबस्थामा आफुले जे जती राहत दीन सक्नुहुन्छ गरीब दुखी लाई राहत वितरण गरेर उनीहरूको चुलोमा आगो बाल्न सहयोग गर्नुहोस् भन्न चाहन्छु ।

तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *