The तातो Post

The तातो Post बैशाख १८, इटहरी । सुन्दरहरैचाका १७ बर्षिया किशोरी ईटहरीमा ९ जनाद्धारा बलात्कृत इटहरी । सुनसरीको इटहरीमा दर्दनाक घट्ना भएको छ । 

इटहरी ११ स्थित सिमरबनामा एक १७ बर्षिय किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो ।

 आफुलाई गत १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ । सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक एकान्त बगौचामा घारीमा युवाहरुले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । 

बलात्कार स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन । त्रिलोचन र अमितलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरिसकेको जनाएको छ । 

बाँकी ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *