The तातो Post जनकपुरधाम,चैत २८ गते ।
कोरोना भाइरसका कारण लकडाउनको समस्यामा परेकाहरुलाई जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले आफ्नो वडामा रहेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुका लागि लकडाउन अवधि सम्म भोजनको व्यवस्था गरेका छन् । वडाध्यक्ष साहले उनीहरुका लागि दैनिक दुई छाक भोजनको व्यवस्था गरेका हुन् ।

राहतको नाममा मात्रै चामल दाल दिनु भन्दा राम्रो बिहान बेलुका भोजन उपलब्ध गराउनु उचित लागेर आफुले यस्तो कदम उठाएको वडाध्यक्ष साहले बताए । उनले भने,‘सुरुमा एक्लै यसका लागि पहल गरेँ,अहिले आएर विभिन्न दाताहरुले समेत मेरो यस कार्यमा सहयोग गरिरहेका छन् ।’
वडामै भोजनको व्यवस्था भएपछि दैनिक लगभग १ हजार विपन्न व्यक्तिहरु त्यहाँबाट सेवा दिईरहेका छन् ।

वडाध्यक्ष साहले उपमहानगरबाट यसका लागि सहयोग नपाएको गुनासो गरेका छन् । उनले भने,‘उपमहानगरपालिकाको नामै नलिनुस,यस्तो विषम परस्थितिमा पनि म जस्तै अन्य वडाध्यक्षहरुले समेत सहयोग पाएका छैनन् । नगर प्रमुखलाई पटक पटक यस विषम परस्थितिमा नगरवासीलाई सहयोग गर्न आग्रह गरेपनि नगर प्रमुख लालकिशोर साहले मानेनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *