The तातो post 
उदयपुर, वैशाख १० गते ।

मंगलबार मात्र उदयपुरमा ११ जना कोरोना संक्रमित देखिएपछि जिल्ला सिल गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको हो । उदयपुरमा आवत जावत बन्द गर्न सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जिल्ला सिल गरेको जनाएको छ ।

उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

‘भुल्के यस अघि नै सिल गरिएको थियो, मङ्गलबारबाट उदयपुर नै सिल गरिएको छ,’ उनले भने,  ‘अब उच्च निगरानी गछौँ । अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई उदयपुरको सबै सिमानामा हेल्प डेक्स राखिएको छ र त्यहीँ स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिइनेछ ।’

जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरी प्रमुख, एसपी वीर बहादुर बुढा मगरले बताए ।

मङ्गलबार भुल्केमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । । यसअघि त्यही ठाउँको एउटा भवनमा रहेका १६ मध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *