The तातो Post

संसद बैठकमा राजेन्द्र महतोको प्रस्तुतिले विशेष चर्चा पाइरहेको छ । कारण उनले धुवाधार सरकारको विरोध गर्न सफल रहे ।
आज वेग्लै फार्ती फूर्तीका साथ सदन आएका महतोले दुइ तिहाइको सरकारलाई दुई कौडीको समेत भन्न भ्याए भने प्रधानमन्त्री ओलीलाई निकै उडाउँदै संसद अ,प र ह र ण गरेर प्रधानमन्त्रीले सप्राइज दिन खोजको तर आफुहरुले उल्टै सप्राइज दिएको सम्म भन्न भ्याए । महताको राजेन्द्र महतोले समेत उफ्री उफ्री विरोध गर्ने हैसीयतमा सरकार पुगको भन्दै सामाजिक संजालमा टिप्पणी गरका छन्                  ।

सभामुखले पटक पटक छोटो गर्नुस भनेर भन्दा भन्दै बहुराष्ट्रिय राज्यको समेत वकालत गरेका महतोले आजै मात्र भारतले नेपाली भुमी मिचेर मानसरोवर जाने बाटो खनेको बारे चुइक्क पनि बोलेनन् ।

नेपाली जनताको निकै चिन्ता भएजसरी प्रस्तुत भएका महतो भारतको ज्यादती बारे एक शब्द नबोली ठाँटका साथ रोस्टम बाट विदा भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *