The तातो Post महोत्तरी वैशाख १७,
 सांसद डा. सुरेन्द्र यादवको अपहरणकारीलाई कारबाही माग गर्दै जनता समाजवादी पार्टीद्वारा मसाल जुलुस प्रदर्शन !!
महोत्तरी,बैशाख १६ गते । प्रदेश न.२ को महोत्तरी क्षेत्र नं.४ सम्सी बजार स्थित आज ओली सरकार विरुद्ध सांसद डा. सुरेन्द्र यादवको अपहरणकारी प्रकरणलाई कारबाहीको माग गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताद्वारा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
समाजवादी पार्टीका सांसद डा. यादवलाई बस्नेत, क्षेष्ठ र खनालले बैशाख १० गते तिर अपहरणको शैलीमा ल्याएको बताएको छन् । सो अन्तर्गत जनता समाज पार्टीको नेताहरूले प्रधानमन्त्रीकै निर्देशमा आफ्नो सांसदलाई अपहरण गरेको दाबी गरेको छन् ।
उनीहरुको विरुद्ध जाहेरी मुद्दा दर्ता नगरेको भन्दै सरकार विरुद्ध सडकमा ओर्लीएका छन् । देशमा शान्ति प्रणाली स्थापना होस् ,अपहरणकारीलाई सजाय पाओस् भने मुल नाराको साथमा सरकार बिरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *