The तातो Post २९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार १० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरु र एक उमेर नखुलेका पुरुष छन् ।
हालसम्म प्राप्त विवरण अनुसार संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *