the तातो Post वैशाख १०,

The तातो Post

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा बुधबार गरीब, विपन्नलाई राहतको नाममा सडेको चामल र कुहिएको आलु बितरण गरेको पाइएको छ ।
उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कड टोलमा राहत बितरण गर्दा झण्डै चार दर्जन व्यक्तिलाई सडेको चामल र कुहिएको आलु बितरण गरिएको छ । वडा कार्यालयमा राखिएको राहत बितरण गर्दा सडेको खाद्यान्न फेला परेको राहत लिएकाहरुले बताएका छन् ।
‘राहतको पोका लिए लगत्तै गन्हाउन थाल्यो’ स्थानीय श्याम पासवानले भने, “खोलेर हेर्दा आलु पनि सडेको हे¥यौं ।”
उनका अनुसार चामलमा किरा समेत लागेको देखियो । किरा फलेको दुर्गन्धित चामल र सडेको आलु फेला परेपछि उनले त्यहीं फालिदिए ।
बुधबार कमला नगरपालिका वडा नम्बर ५ ले लक्कड टोलका ३ सय परिवारलाई राहत बितरण गरेको छ । राहत बितरण गरिएकामध्ये झण्डै चार दर्जन व्यक्तिले सडेको खाद्यान्न पाएका छन् ।
वडा अध्यक्ष शिबा पासवानले यो राहत वडा कार्यालयले खरीद नगरेको बताए । उनले नगरपालिका कार्यालयबाट आएको राहत आफूले बितरण गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *