The तातो Post ३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो ।

३० वैशाख, काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो ।
बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास निर्माणको क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ ।
समितिको निर्णयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेशमुकाममा आउनजान सहज भएको छ ।
किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउनेछन् ।
महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न पाइने छ ।
कर्णालीमा हालसम्म कोरोना संक्रमित नभेटिए पनि जोखिम उच्च रहेको भन्दै यसअघि एक साताका लागि प्रदेश सरकारले सिल गरेको थियो ।
उच्चस्तरिय समितिको बैठकले भारत र नेपालकै विभिन्न ठाउँबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकहरुलाई राख्न नाकामै क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि गरेको छ ।
तत्काल बाहिरबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाएर अनिवार्य क्वारेन्टाइनमा राख्ने र त्यसका लागि पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *