The तातो Post काठमाडौं चैत २७,
सरकारले काठमाडौं बाहिर जाने गाडी खुलाउने निर्णय गरेको छ । कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सि २ दिनका लागि निर्णय गरेको हो । 

समितिका सदस्य तथा भौतिक मन्त्री वसन्त नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्‍न बाध्य सर्वसाधरणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको जानकारी दिए ।



उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन् । बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन् । सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मदजुर र अन्य सर्वसाधरण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको जनाएको च । 

लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन् । कमाएको पैसो तथा अन्‍न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै घर फिरिरहेका छन् । यस्तोमा सरकारले उपत्यका छाड्न चहानेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *