The तातो Post
काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीका प्रमुख ७ गन्तव्य राष्ट्रबाट मात्रै करिब ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको सरकारले बताएको छ । यीमध्ये पनि २५ हजार तत्काल उद्धार गर्नुपर्ने अवस्थामा छन । र, तिनलाइ स्वदेश फर्काउन सरकारले तयारी थालेको छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले तयार पारिरहेको विवरणका आधारमा सरकारले दैनिक ३ हजार ५ सय कामदार स्वदेश फर्काउने गरी गृहकार्य गरिरहेको छ ।
वैदेशिक रोजगारीमा गएका करिब ४५ लाख नेपाली कामदारमध्ये कतिले रोजगारी गुमाए र कतिलाई तत्काल स्वदेश फर्काउनु पर्ने अवस्थामा छन् भन्ने तथ्यांक सरकारसँग छैन् ।
तर सरकारको प्रारम्भिक अध्ययनले करिब ८५ प्रतिशत कामदार रहेका रोजगारीका प्रमुख ७ गन्तव्य मुलकबाट मात्र ४ लाख ७ हजार कामदार स्वदेश फर्कन चाहेको देखाएको छ । सरकारले विभिन्न देशमा रहेका दुतावासमार्फत नेपाल फर्कन चाहने कामदारको विवरण संकलन गरेको थियो । जसमा कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्र ४ लाखभन्दा बढी कामदार फर्कन चाहेका छन ।
तत्काल उद्धार गर्नुपर्ने अवस्थामा कतारमा ७ हजार ५ सय, मलेसियामा ७ हजार, साउदीमा २० हजार र युएईमा १२ हजार कामदार छन् । यस्तै कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय कामदारलाई तत्काल उद्धारको आवश्यक्ता छ ।
यीमध्ये पनि २ लाख ८० हजार कामदार लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन् भने १ लाख २७ हजार कामदार तत्काल फर्न चाहन्छन् । तर आममाफी पाएका, भिसा अवधि सकिएका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, बिरामी लगायतलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार तत्काल उद्धार गर्नुपर्ने अवस्थामा कतारमा ७ हजार ५ सय, मलेसियामा ७ हजार, साउदीमा २० हजार र युएईमा १२ हजार कामदार छन् । यस्तै कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय कामदारलाई तत्काल उद्धारको आवश्यक्ता छ ।
यसरी ५९ हजार ५ सय जनालाई तत्काल उद्धार गर्नुपर्ने भएपनि रोजगारदाता मुलुकको फरक नीतिका कारण सरकारले २५ हजारलाई तत्काल उद्धार गर्ने गरी तयारी थालेको छ । कामदार फर्काउन नेपाल एयरलाइन्सका जहाज प्रयोग गर्ने र त्यसरी सम्भव नभए विदेशी विमानसमेत चार्टर्ड गर्ने योजना सरकारको छ । यसरी दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने सरकारको बुझाई छ ।
घर फर्काइनेको सूची सम्बन्धित दुतावासमार्फत परराष्ट्र मन्त्रालयले संकलन गरिरहेको छ । यसरी फर्किएका नागरिकलाई दुई साता काठमाडौंमै राख्ने र त्यसपछि कोरोना परीक्षण गरेपछि आ–आफ्नो जिल्ला पठाइनेछ । दुई हप्ता काठमाडौंमा बस्न सरकारले होटल र सार्वजनिक क्वारन्टिनको व्यवस्था गर्नेछ । क्वारन्टिनको व्यवस्था सरकारले गर्नेछ भने होटलमा बस्ने कामदारले आफैंले खर्च व्यर्होनु पर्नेछ

सम्पूर्ण मा जानकारीको लागि पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरौं

                  
                  

                स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *