The तातो post

#प्रेस_विज्ञप्ति
( तुरन्त कार्बाही होस )
                                     मिती२०७७/२/७
श्रीमान कार्यलय प्रमुख ,

         सञ्चार को अभिन्न अंग मध्ये एक टेलिभिजन पनि हो जांहा बाट लाखौं मन्छे सुचना पाईरहेका हुन्छन । सञ्चार को सुचना प्रवाह गर्ने आफनै दायरा रहेको छ जसमा बसेर स्रोता सम्म सत्य तथ्य सुचना प्रवाह गर्ने गर्दछ । राज्यले सञ्चार को स्वतन्त्रतालाई मध्यनजर गर्दै विधि सम्वत सञ्चालन का लागि कानुन समेत बनाईएको हुन्छ ।

   तर राष्ट्रिय टेलिभिजन (कृषि टेलिभिजन) ले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत राष्ट्रकै आधा जनसंख्या को प्रतिनिधित्व गर्ने मधेशमाथि (मधेशी , थारु , जनजाति , मुस्लिम आदि ) व्यंगय प्रहार गर्दै जुन हेपाहा प्रवृत्ति देखाएको छ त्यो अक्षम्य र असहनीय दुवे देखिएको छ । नेपालमा कानुन कुनै खास समुदायको लागी मात्रै निर्माण भएको हो जस्तो लाग्छ । हैन भने बारम्बार कुनै समुदायलाई हेप्दा पनि विरोध हुंदा माफि माग्दै हिड्ने , क्षमा पश्चात अर्कै ठाउँबाट सुरु हुन्छ र राज्यले संरक्षण गर्ने गरेको भन्ने सम्म सोसल मिडियामा देखिएको पनि हो । संचारले एक सुचना गलत र हेपहा प्रवृत्ति को प्रवाह गरे तिन पुस्ता सम्म संचार हुने गर्दछ । यसरी बारम्बार नेपालको संविधान मा धेरै सुकिला अक्षरमा कानुन बनाईएता पनि , विभिन्न आयोग आउदा पनि मधेशीलाई अपमानित हुन बाट कसैले बचाउन सकिरहेको अबस्था देखिँदैन ।
  मधेशी समुदाय वाध्यताको नाम पक्कै पनि होईन जांहा बाट जो कोही आएर पनि बेइज्जत , अपमान , अश्लिल , शब्द प्रयोग गर्दै क्षमा माग्दै मनोरञ्जन लिने हो । यो देशमा साच्चिकै न्याय हुन्छ , विधि को शासन र समान्ता र सम्मन छ भने त्यो टेलिभिजन र उक्त कार्यक्रम प्रस्तोतालाई अविलम्ब कार्वाही गरी सञ्चारको मर्यादालाई बचाई राख्न हामी विद्यार्थी जनमत संघ मांग गर्दछौं ।

विद्यार्थी जनमत संघ को विरोध_कार्यक्रम ।
१. भोली (पहिलो दिन ) कृषि टेलिभिजन को कपिमा कार्टुन बनाई विरोध गर्ने ।
२. दोस्रो दिन सुचना तथा संचार मन्त्रालय ले कार्वाही नगरे पर्सि एक दिनको लागि फेसबुक प्रोफाइल कालो राखि बिरोध गर्ने ।
३. तेस्रो दिन प्रेस काउन्सिल ले टेलिभिजन र प्रस्तोतालाई कारबाही नगरे #प्रेस_काउन्सिल_कालो अक्षरमा  लेखेर फेसबुकमा पोस्ट गर्ने ।
४. चौथो दिन जिल्ला प्रेस काउन्सिल मा मेल मार्फत ध्यानाकर्षण पत्र बुझाउने ।
५. पांचौं दिन कार्वाही नगरे प्रेस काउन्सिल को विरोध स्वरुप सदा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसेर पाना जलाई सञ्चार मर्यादा विहिन र पुर्वाग्रही प्रति ध्यानाकर्षण गराउने ।
   पांचौं दिन सम्म समेत कार्यवाही नभए को खण्डमा थप कार्यक्रम घोषणा गरिने यही विज्ञप्ति मार्फत जानकारी गराईन्छ । विचमै कार्यवाही भएको खण्डमा कार्यवाही भएको दिन देखिको कार्यक्रम स्वत: फिर्ता हुने जानकारी गराइन्छ ।
                                            निवेदक
                                 विद्यार्थी जनमत संघ
                                         राष्ट्रिय अध्यक्ष
                                  पोषण कुमार यादव
                                    9810564178/
                                     9844858001

                  
                  

        तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *