The तातो Post काठमाडौं वैशाख १६,


काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । घरमा बस्दा बस्दा मानिसहरु आजित भएर बाहिर निस्कन थालेका छन् । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सोमबार मात्र गृहमत्न्त्रालयले लकडाउन कडा बनाउन निर्देशन दिएपनि सडकमा सवारीको ताँती नै देखिन्छ ।

लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन पालना भएको खासै सडक हेर्दा देखिदैन । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको थियो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड- १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । ‍

बीच बाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो । आज काठमाण्डौका दृश्य हेर्दा ठाउँ ठाउँमा प्रहरीको चेकिङ्ग छ थप कडाइ भएकै हो तर पनि काठमाण्डौका बिभिन्न ठाउँमा यसरि सवारीसाधनहरु देख्दा लकडाउन खुलेको आभास हुन्छ ।

आज केहि हाम्रा पत्रकारसाथीहरु आफ्नो अफिस पुग्दा पनि प्रहरीले आज बाटोमा निकै सोधपुछ गरेको बताएका थिए । उनीहरु हिजो अस्तिको भन्दा आज थप कडाइ गरेको बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु / फोटो सुशील सुनिल श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *