The तातो Post जनकपुर वैशाख ४,


कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमणको जोखिमबाट जोगिन धनुषाको हंसपुर नगरपालिका–३ स्थित कठपुल्लामा प्रवेशमा स्थानीयहरुले रोक लगाइएको छ । 

नेपाल सरकारले ‘लकडाउन’ गरेपछि कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाएको हो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन स्थानीय युवाहरू मिलेर गाउँ प्रवेश गर्न रोक लगाएको वडाध्यक्ष उदय सिंहले बताएका छन । 


गाउंमा कोरोनाबारे जानकारी दिँदै यसका लक्षण तथा बच्ने उपायबारे समेत सचेतना फैलाइएको वडाध्यक्ष सिंहको भनाइ छ । साथै उक्त गाउंका बासिन्दालाई गाउंभन्दा बाहिर जाँदा र आउँदा हात सफा गर्न पानी र साबुनको पनि व्यवस्था गरिएको छ ।


कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि गाउँ टोलको स्थानीयहरुको सुरक्षालाई ध्यानमा राखी यस्तो कार्य गरिएको शिक्षाप्रेमी राघबेन्द्र सिंहले बताएका छन ।‘कोरोनाबाट बच्न हामीले पनि आफ्नो स्तरबाट सावधानी अपनाउन र निगरानी गर्नु आवश्यक छ,’ शिक्षाप्रेमी सिंहले भने । उक्त नियमको उल्लघंन गरेमा प्रशासनको जिम्मा लगाइने उनले जानकारी दिए ।

 गाउँ प्रवेश गर्ने मुल सडकमै ढाठ र टाटले घेरिएको छ भने त्यांहा स्थानीय युवा व्यवसायी प्रविण सिंह , रुपेश सिंह , समाजसेवी दशरथ मंडल , राजन सिंह , धिरज सिंह , सुजित कुमार सिंह , सानु सिंह , राहुल प्रताप सिंह , रोशन सिंह सहितका व्यक्तिहरुले बाहिरको व्यक्ति प्रवेश हुन नदिन अनुगनलाई निरन्तरता दिईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *