The तातो Post बैशाख १७ । कोरोनाको डरले भुल्केमा पैसा चल्न छोड्यो उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केकेको २८ जनामा कोरोना भाइरस सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरूले दिएको पैसा नलिदाँ भुल्केवासीहरुलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको छ । 

आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न जाँदा कोरोना सर्ने डरले पसलेले पुराना पैसा लिन नमान्ने र हातमा पञ्जा, स्यानिटाइजर नलगाई दिएको पैसा नलिने गरेको भुल्केका कमला विक बताउँछिन् । यस्तै गुनासो भुल्केका अर्का स्थानीयवासी दुर्गा थापाको पनि छ । 

थापा भन्छिन्, “बल्ल गाउँ छेउमा पसल त खुल्यो तर दैनिक उपभोग्य वस्तु किन्न जाँदा पुराना पैसा पसल सञ्चालकले लिन मान्दैनन्, हातमा पञ्जा, स्यानेटाइजर नलाई दिएको पैसा लिँदैनन् आफूहरुसँग त्यस्तो साधन हुन्न बरु समान नै नलिई घर फर्कनु पर्ने बाध्यता आएको छ ।” 

बल्ल गाउँबाट सुरक्षाकर्मीको अनुमति लिएर पल्लो पसलसम्म गएर उपभोग्य वस्तु किनौँभन्दा कोरोना सङ्क्रमण सर्ने डरले पसलले पैसा लिन नमानेका कारण अहिले गाउँलेले दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न नसकिरहेको गुनासो भुल्केवासीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *