The तातो Post

अव्यवस्थित क्वारेन्टाइनले संक्रमणको उच्च जोखिम

काठमाडौँ — आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो । मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो । शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको उनलाई समयमै अस्पताल पुर्‍याइएन । घन्टौंसम्म बान्ता र झाडापखालाले छट्पटिएका उनलाई पीपीई नभएको भन्दै अस्पताल लैजान एम्बुलेन्स चालक आएनन् ।
नरैनापुर, मटैया–५ स्थित दिपेन्ऽ प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो । भारतबाट आएका नरैनापुरका ८ जनामा यसअघि संक्रमण पुष्टि भए पनि क्वारेन्टाइनमा रहेका अरुको स्वाब परीक्षणमा तीव्रता दिइएन ।

वैशाख ३० गते नेपाल आएका उनको ५ दिनपछि मृत्यु भयो । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार कोरोना भाइरसको संक्रमण हुन सक्ने समय सामान्यतया २ देखि १४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनका लागि थप २ देखि ३ हप्ता लाग्दछ ।

मृतक युवक भारतको महाराष्ट्रदेखि हिँडेरै आएका थिए र उनी सीमामा हप्तौ बसेका थिए । संक्रमणको उच्च जोखिमको ठाउँबाट आएका उनलाई तुरुन्त परीक्षण किन गरिएन ? उनी उतैबाट संक्रमित भएर आएका पनि हुनसक्थे ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार क्वारेन्टाइनमै कोरोनाले मृत्यु हुनु भनेको सरकारको गम्भीर लापर्बाही हो । यस प्रकारको घटनाले क्वारेन्टाइनको व्यवस्थापनमा सरकार गम्भीर नभएको प्रस्ट हुने विज्ञ बताउँछन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘कुनै पनि देशको क्वारेन्टाइनमा संक्रमितको मृत्यु हुनु हुँदैन । क्वारेन्टाइन यहाँ त यातना गृहजस्तो भएका छन् । सुरक्षित हुनु त कता उल्टै संक्रमणको जोखिम देखिन्छ ।’

‘नरैनापुरका युवालाई समयमै अस्पताल लगेको भए बचाउन सकिन्थ्यो,’ पाण्डे भन्छन्, ‘हरेक कोणमा सरकारको गल्ती देखिन्छ । कोरोनाले मृत्यु भयो त भनियो तर मृत्युका अरु कारणहरु पनि खोज्नुपर्ने जरुरी देखिन्छ । पोस्टमार्टम गरे उनको अवस्थामा बारेमा धेरै थाहा हुन सक्छ ।’

विश्वको तथ्यांक हेर्ने हो भने यो उमेर समूहको मृत्यु दर ०.२५ प्रतिशत मात्र छ । ती युवकलाई आउनेबित्तिकै परीक्षण गरेर तत्काल आइसोलेसनमा राखेर उपचार सुरु गरेको भए उनी बाँच्न सक्ने सम्भावना धेरै भएको उनी बताउँछन् ।

‘क्वारेन्टाइन एकदम असुरक्षित र अव्यवस्थित रहेका छन् । क्वारेन्टाइनमा कम्तीमा आकस्मिक सेवाका लागि एक जना नर्स वा अहेब अनिवार्य हुनुपर्छ,’ जनस्वास्थ्यविद् पाण्डे भन्छन्, ‘क्वारेन्टाइनमा सफा खानेपानी छैन, शौचालयको उचित व्यवस्था छैन, सामाजिक दूरी हुँदैन, मेसमा खाना खाँदा व्यवस्थित छैन । संक्रमित वा शंकास्पद व्यक्तिबाट अरुमा संक्रमण देखिरहेको छ ।’

क्वारेन्टाइन सुरक्षित गर्नका लागि स्वास्थ्यकर्मीसहित परीक्षणको व्यवस्था,सफा खानेपानीको व्यवस्था हुनुपर्छ । सरकारले क्वारेन्टाइनबारे मापदण्ड बनाए पनि लागू भएको देखिँदैन । क्वारेन्टाइनको कडा अनुगमन हुनुपर्ने डा. पाण्डेको सुझाव रहेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि क्वारेन्टाइनमै मान्छे मर्नु भनेको सिस्टमको ‘फेलियर’ रहेको बताउँछन् । उनी भन्छन्, ‘२ घण्टादेखि बान्ता भएको मान्छेलाई किन तुरुन्त अस्पताल लगिएन ? कोही मान्छे क्वारेन्टाइमा मरेको छ भने त्यो एकदम अक्षम हो । त्यसमा हाम्रो सिस्टममा के–के कमजोरी छ त्यो सच्चिनुपर्‍यो, कोही जवाफेदही छ भने त्यसलाई कारबाही गर्नुपर्‍यो ।’

क्वारेन्टाइनमा राख्नुभन्दा पहिले जोखिमयुक्त ठाउँबाट आएकाको परीक्षण हुनुपर्ने र स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने उनको भनाइ छ । ‘कोरोना बाहेक अरु केही कारणले जस्तै डिहाइड्रेसन भएको पनि हुन सक्छ वा अरु केही कारण त्यसको अनुसन्धान हुन जरुरी देखिन्छ,’ डा. अनुप भन्छन् ।

डा. अनुपका अनुसार क्वारेन्टाइनमा राखेका मानिसहरुलाई आएको ७ देखि १४ दिनमा पीसीआर गर्नुपर्ने नियम ठीक छ । तर क्वारेन्टाइनमा पठाउनुअघि चिकित्सकीय परामर्श हुन जरुरी छ । राम्रोसँग बुझेर क्वारेन्टाइनमा वा अस्पतालमा पठाउनुपर्ने हो त्यो कुरा बुझुनुपर्छ ।

क्वारेन्टाइन किन अव्यवस्थित भन्ने प्रश्नमा स्वाथ्य जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले क्वारेन्टाइनको व्यवस्थापन तथा अनुगमन स्थानीय तहले हेर्न बताउँदै समस्या भएका ठाउँमा निर्देशिकाहरु कडा रुपमा लागू गर्ने बताए ।

गत शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको पुष्टिले पनि धेरै कुरा उब्जाएको छ ।

डा. रवीन्द्रका अनुसार कोरोना महामारी तथा संक्रमणको बेला ती महिलाको पहिल्यै नै पीसीआर परीक्षण हुनुपर्थ्यो । पोजिटिभ देखिएको खण्डमा दुवैजना आमा र बच्चालाई आईसीयूमा राखेको भए बचाउन सकिन्थ्यो । ती महिलाको केसका बारेमा पनि अझ अनुसन्धान हुनुपर्थ्यो भन्छन् डा.रवीन्द्र ।

त्यसैगरी डा. अनुपका अनुसार चिकित्सकीय टिमले मृतक महिलाको पोस्टमार्टम गर्नुपर्थ्यो । यदि कोभिड बाहेक अरु पनि केही जोखिम देखिएको भए जनस्वास्थ्यका क्षेत्रमा त्यो ठूलो विषय हुन सक्थ्यो । ‘त्यो केसको गहिराइसम्म भने पुग्नुपर्थ्यो,’ उनी भन्छन्, ‘तर हरेक शवलाई पोस्टमार्टम गर्नुपर्ने आवश्यकता छैन किनकी यसको जोखिम पनि रहेको छ ।’

उनको अनुसार यदि कोही मान्छे नेपालमै संक्रमित भएको छ भने उसको पोस्टमार्टम हुन जरुरी छ । त्यसले समुदायमा पनि असर गरिसकेको हुनसक्छ,’ हुने डा. अनुप बताउँछन् ।

आइतबारको साँझसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *