The तातो Post जनकपुरधाम वैशाख ६,


 ‘सेवा नै धर्म हो’ हाम्रा पूर्खाहरुले यसै भन्दै आए ,आफ्नो बलबुतोले भ्याएसम्म सेवा–भावले काम गरे । टाढा–टाढाबाट हिँडेर आउने बटुवाहरुलाई थकाइ लाग्छ भनेर चौतारी बनाइदिने, तिर्खा लाग्छ भनेर धारो बनाइदिने, राती बास बस्नुपर्छ भनेर पाटी–पौवा बनाइदिने गरे । ठाउँ–ठाउँमा बर–पिपल रोपिदिए, जहाँ सितल छहारी मिलोस् ।

अहिले गरिब, निमुखा, मजदुरहरु विचल्लीमा छन् । खासगरी मजदुरी गरेर शहरको ओत लाग्न आएकाहरुको बिजोग छ । शहरमै ओत लागौं, खाने मेलो छैन । गाउँ फर्कौं, जाने स्थिती छैन ।

सरकारले उनीहरुकै लागि भनेर वितरण गरेको नुन, तेल, चामल जस्ता अत्यावश्यक खाद्यन्न कुहिएको एवं खान नमिल्ने पाइएको छ । अर्कोतिर लक्षित बर्गले राहत पाएकै छैनन् । स्थानिय पार्टी कार्यकर्ताको मनोमानीमा राहतमाथि पनि राजनीति भइरहेको पाइन्छ । सरकारप्रति सर्वसाधरणको विश्वास र भरोसा छैन ।

सामान्य समयको बेला ठुला गफ हाँक्नेहरु अहिले राहतको लाइनमा देखिनु लज्जास्पद हो । अहिलेको राहत भनेकै, जसको चुल्हो जलेको छैन त्यसका लागि हो । र यस्तो व्यक्तिको संख्या हाम्रो समाजमा थोरै छ । तर पनि राहतको लाइन देख्दा मन दुखेको छ ।
गरिव तथा अति विपन्न परिवारको लागी राहत आए ता पनि गरिव समक्ष पुग्न सकेको छैन । यो तीतो सत्य हो तर अर्थात यही छ । यहाँका प्रदेश सरकार, स्थानीय सरकार भाषणमा मात्र मिति देखिएको छ । चुनावको बेला मतदाता कति छ भने थाहा हुन्छ तर विपतको बेला राहत बाड्नको बेलामा तथ्यांक खोज्नु कति जायज हो सरकार । यो बस बहाना हो समय कटाउने मलाई लाग्छ । हचुवाको भरमा संकलन गरिएको विवरणका आधारमा राहत सामाग्री वितरण गर्न नसकिने स्पष्ट छ । विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिनु पर्नेमा सबैजसोको नाम समावेश हुनुपर्छ । राहतको नाममा राजनीति हुनु हुँदैन । यसलाई रोक्न सरकारी स्तरबाटै पहल हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *