म्याग्दी, २० साउन । म्याग्दीको सदरमुकाम बेनीमा गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् ।

रातको समयमा गाउँमा गाई काटेर सदरमुकाम बेनीको कालिपुलमा ल्याउँदै गरेको सुराकीका आधारमा प्रहरीले बेनी नगरपालिका-६ अर्थुङेका ४८ वर्षीय बिरबहादुर किसान, बेनपा-८ खैरेनीका ६३ बर्षिया चन्द्रे दर्जी, मालिका गाउँपालिका-५ घरभई कालिपुल बस्ने ३५ वर्षीय हिरा रसाईली र बागलुङको बडिगाढ गाउँपालिका–२ का ४२ वर्षीय  राजु विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।

राति बेनीबजारको नजिकैको गाउँमा काटेर सदरमुकाम बेनीमा ल्याएर भाग लगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि जानकारी गराएलगत्तै
पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त हिरा रसाईलीको कोठमा मासु बिलो लगाउँदै गरेको अवस्था र केही पकाउँदै गरेको बेलामा
प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगला गाउँपालिकाको एक गाउँबाट खरिद गरेर ल्याएर जनैपूर्णिमाको दिन खाने भन्दै खैरेनीमा काटेका थिए । खैरेनीका चन्द्र दर्जीले काट्ने ब्यवस्था मिलाएर पछि काटेर डोकोमा रातको समयमा बेनीमा ल्याएर राखेर विहान भाग र केहीले मासु पकाउँदै गरेका थिए ।

चारैजनालाई पशुपंक्षी सम्बन्धी कसूर (गौवध हत्या) मा मुद्धा दर्ता गरी मंगलबार अदालतबाट म्याद लिएर अनुसन्धान थाल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *