The तातो Post वीरगंज वैशाख १६,

 वीरगंज महानगरपालिका वडा नम्बर १६ तेजारथ टोल नाम घनाबस्तीको बीचमा रहेको मनोकामना पाईप उद्योगको गोदाममा सोमबार दिउँसो अचानक आगा लाग्दा समयमा नै महानगरका वारुणयन्त्र पुगेपछि सम्भावित ठूलो दुघर्टना टरेको छ ।

पाईप उद्योगको गोदाममा भएको आगलागीले तीन तर्फ नै रहेका दुईदेखि चार तल्ले घरका ढोका तथा झ्यालका काठमा आगो समाईसकेको थियो ।

लक डाउनका कारण मानिसहरु घरमा नै रहेका थिए सबै घरबाट बाहिर निस्कन भ्याएका थिएनन् । तर समयमा नै वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणमा लिएपछि अन्य घरमा आगो फैलिन पाएन र ठूलो दुर्घटना टरेको हो ।

लक डाउनका कारण सडक खाली रहेकाले र महानगरका दुई दमकल तथा एक फायर फाईटर भ्यान केहीबेरमा नै घटनास्थलमा पुगेपछि तीन वटै वारुणयन्त्रले केहीबेरमा आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

आगलागीका कारण गोदाममा रहेको ठूलो परिमाणका तयारी चापाकल गाड्दा जमिनमा हाल्ने कालो रंगका घाराका पाईप जलेर नष्ट भएको छ भने दुईकोठे गोदाममा पनि क्षति पुगेको छ । गोदामघरमा राखिएको एउटा मोटर साईकलमा पनि क्षति पुगेको छ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *