The तातो Post बैशाख १८ । चीनका वैज्ञानिकहरुले कोरोना भाइरस कहिल्यै पनि जरै देखि समाप्त नहुने बताएका छन्।वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा यो भाइरस फेरि फैलिने दावीलाई बल पुगेको छ।चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको एक टिमले यो भाइरस १७ वर्ष पहिले आएको सार्सजस्तो समाप्त हुने भाइरस नभएको बताएको द हिलको रिपोर्टमा उल्लेख छ।

यो टिमले लक्षण नदेखिने संक्रमितहरुले कोरोनाको खतरालाई बढाइरहेको बताएका छन् ।

 यी एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणको प्रयासमा यता संक्रमितहरुका कारण बाधा पुग्न सक्ने शोध कर्ताको दावी छ।सार्सको हकमा भने यस्तो थिउन । सार्स संक्रमण भएपछि संक्रमित गम्भीर बिरामी हुन्थे र एकपटक क्वारेन्टाइन भएपछि सार्स फैलिन बन्द हुन्थ्यो।

कोरोनाको महामारीमाथि नियन्त्रण गरिसक्दा पनि चीनमा हरेक दिन एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केस आइरहेका छन् । चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइले भने ‘यो यस्तो महामारी बन्न सक्छ जो मानवको साथमा लामो समयसम्म रहनेछ । 

मौसमको हिसाबले बदलिनेछ र शरीरमा कायमै रहनेछ ।’ विश्वभरका शोध कर्ताहरु र सरकारहरुबीच यो कुरामा आम सहमति बनिरहेको छ कि लकडाउन गरेर पनि तत्काल यो भाइरस समाप्त गर्ने कुनै सम्भावना छैन।

लकडाउनका कारण पूरै विश्वको अर्थ व्यवस्था रोकिएको छ । अमेरिकाका नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउसीले पनि गत महिना कोरोना मौसमी महामारी बन्न सक्ने चेतावनी दिएका थिए।उनले दक्षिणी गोलाद्र्धमा अहिले चिसो मौसम सुरु भएको र त्यहाँ कोरोना संक्रमणका केसहरु बढिरहेको बताउँदै यसको सम्भावित जोखिम औंल्याएका थिए।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केहीले उत्तरी गोलाद्र्धमा तापमान बढेसँगै यसको प्रकोप कम हुने आशा व्यक्त गरेका थिए।तर चिनियाँ वैज्ञानिकहरुले भने यसको कुनै सबुत अहिलेसम्म नभेटिएको बताएका छन्।पेकिंग युनिभर्सिटीको फर्स्ट हस्पिटलका संक्रामक रोग विभागका प्रमुख वांग गुइकियांगले भने ‘भाइरस गर्मीमा कमजोर हुन सक्छ तर त्यतिबेला मात्र जब यो ३० मिनेटको लागि ५६ डिग्रीमा एक्सपोज हुन्छ।

तर मौसम कहिल्यै पनि यति तातो हुने वाला छैन।’गुइकियांगले अगाडि भने ‘विश्वभर गर्मीको मौसममा पनि कोरोनाभाइरसका केसहरुमा कमी आउने सम्भावना अत्यन्तै न्यून छ ।’ यो विश्वव्यापी महामारीबाट ३० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । २ लाख १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।डिसी नेपालमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *