The तातो Post

जनकनन्दिनी गाउँपालिकामा बिना विज्ञापनकै करारमा कर्मचारी भर्न; बन्धु झा का भान्जा कुलानन्द झा लाई सब-ईन्जिनीयरमा भर्ना…

सो मध्ये सब–ईन्जिनीयरमा भर्ना गरिएका बन्धु झा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झाका भान्जा हुन् । सम्बन्धमा भान्जा लाग्ने बन्धु झालाई उनले विना विज्ञापन र प्रतिष्पर्धाकै आफूखुसी करारमा भर्ना गरेको बताइएको छ । यद्यपी, यसबारे प्रमुख झाले केही प्रतिक्रिया दिएका छैनन् ।

धनुषाको जिल्लाको विकट क्षेत्र मानिने जनकनन्दिनी गाउँपालिकामा विभिन्न पदका करारमा कर्मचारीहरु विना विज्ञापनकै नातावाद कृपावादले भर्ना गरिएको रहस्य बाहिर आएको छ ।

अन्य कर्मचारीहरुमा भने केही वडाध्यक्षका छोराहरु सहित अन्य जनप्रतिनीधि र मुखौटाका नातेदारहरुलाई भर्ना गरिएको बुझिएको छ । त्यसमा वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साहका दुई छोरा श्रीराम साह र अशोक साहलाई पनि करारमा राखिएको छ ।

वडाध्यक्षका दुवै छोरामध्ये श्रीराम कम्प्युटर शाखामा छन् भने अशोक गाउँपालिकाको ट्रयाक्टर चालकमा करार नियुक्त गरिएको छ ।

लोकसेवा परीक्षापछि माग्नुपर्ने कर्मचारी नआउने उदेश्यले नै गाउँपाालिकाले लोकसेवाबाट कर्मचारी माग गर्ने गरेको देखिएको छ । कर्मचारीको अभाव हुने बेलामा देखाबटी र प्रक्रिया मात्र पुरा हुने गरी कर्मचारी पनि माग गर्ने गरिएको छ ।

यस सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाले आफू कैयौं पटक कर्मचारी परिपूर्तिको लागि पत्राचार गरेको प्रतिक्रिया दिएका छन् । करारमा टन्नै कर्मचारी भर्ना गरिएपनी स्थायी कर्मचारी भने ल्याउन नचाहेको मनसायले पत्राचार गरेको देखिएको छ ।

करारमा पनि कर्मचारी भर्ना गर्नुपर्ने खण्डमा राष्ट्रि पत्रिकामा विज्ञापन प्रकाशित गरी कर्मचारी माग गर्ने प्रावधान रहेपनि अधिकृत झाले सो प्रक्रिया नै नगरी आफूखुसी कर्मचारी भर्ना गरी गाउँपालिकाको आन्तरिक श्रोत सिध्याउन लागेको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का स्थानीय एक जनाले नाम नखोल्ने शर्तमा बताए ।

यस सन्दर्भमा अधिकृत झाले कर्मचारी अपुग भएको र कार्यालय चलाउन कठिनाई भएको पनि प्रतिक्रिया दिएका छन् । उनले आफू कर्मचारी माग गरेपनि कर्मचारी परिपूर्ति नभएको दाबी गरेका छन् ।

करारमा कर्मचारी आफ्नो मान्छेलाई मात्र राख्ने तथा केहीलाई करारमा नियुक्त गर्न रकमको चलखेल भएको हुन सक्ने अनुमान गरिएको छ । यसबारे गाउँपालिकाका प्रमुख मो. अब्दुल बारिक शेखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।

पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरी गाउँपालिका को यो अनैतिक कार्य लाई विरोध गरौं

                  
                  

      तपाईंको   स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *