The तातो Post जनकपुरधाम वैशाख ५,

 आज जनकपुरमा दुई महिलाहरुले नोटमा थूक फालेर भागे पछि स्थानिय मा त्रास फैलिएको छ।
जनकपुरधाम उप महानगरपालिका वडा नं ५ महावीर चोकमा अज्ञात दुई महिलाहरुले ५,१०,२० का नोट मा थूक लगाएर फालेर भागे पछि त्यसमा कोरोना हुने असंका गरिएको छ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएस्पी रामेश्वर कार्कीले नोटलाई  ल्याब पठाएको बताउनु भएको छ।
नोटहरू पसलको सटरमा पसालेको देखिएको छ।यसले नोटमा कोरोना संक्रमितको थूक लगाएर पसाएको हुन सक्ने आशंका गरिएको छ।


भारतमा पनि केहीदिन पहिला नोटमा कोरोना पोजेटिभ को थूक बाटोमा राखने गरेको समाचार प्रकाशित भएको थियो।

बाटोमा फालिएको नोट माथि प्रहरी ले ढुङ्गा राखी घेरा लगाएको छ। डिएस्पी कार्कीले ती नोट हरुलाई संकलन गरी ल्याब मा पठाएको बताउनु भएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *