The तातो post

जनकपुरधाम, वैशाख ३० गते ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने करिब एक दर्जन विद्यार्थी नेताहरु जनकपुरबाट पक्राउ परेका छन् ।
भारतले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा आज दिउँसो जनकपुरको रामानन्दचोकमा आन्दोलनमा उत्रिएका एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ 
                 
भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु विरोध प्रदर्शन गरेका हुन् । उनीहरु भारत विरुद्व प्रदर्शनसंगै जनकपुरको रामानन्द चौकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका हुन् ।
पुत्ला दहन गर्न थालेपछि प्रहरीले विद्यार्थी नेता आनन्द झा,राजन झा,रिकि यादव,आर.पि यादव सहित करिव एक दर्जनलाइ पक्राउ गरेका हुन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

 तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस्


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *