The तातो Post वैशाख १६,

The तातो Post

जनकपुर उपमहानगरपालिकाले लकडाउनको एक महिना पश्चत गरिब तथा विपन्नलाई राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो ।
चामल सँडेको कारण अमिलो गन्ध आएको राहत पाउने स्थानीय ले बताए ।
राहतमा कुहिएको चामल दिएपछि स्थानीहरु आक्रोशित भएका छन् ।

‘लकडाउनको एक महिना पश्चात राहत दियो । खुशी भएर राहतको पोका लिएर घर गएँ । बोरा खोल्दा त ढुसी परेको चामल । मन खिन्न भयो ।’ स्थानीय आक्रोशित हुँदे भने ‘राहत दिने मन थिएन् भने नदिँदा नि हुन्थ्यो । तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक उडाएको छ ।’

राहतमा पाएको चामल कुहिएको पाइएपछि स्थानीयले वडा कार्यालयमा फिर्ता गरिदिएका छन् ।

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो ।

बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साह तथा वडा अध्यक्ष राम आशिष पञ्ज्यार ले  बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *