The तातो Post
भैरहवा, १५ बैशाख


 कोरोना भाइरसबाट जोगीनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ।
पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी रुपन्देहीका जिल्ला इन्चार्ज रामकेश गुप्ताले बताएका छ्न। इन्चार्ज गुप्ताका अनुसार पार्टीका गैडहवा गाउँपालिका वडा नम्बर ७ का संयोजक लाल बहादुर केवट, पार्टीका वरिष्ठ नेतृत्व मण्डलका सदस्य राधेश्याम केवट, वडा सह–संयोजक राजकुमार बरईको नेतृत्वमा पार्टी नेता तथा कार्यकर्ताको सहयोगमा तरकारी वितरण गरेका छ्न ।
वडा नम्बर ७ मा १२ क्वीन्टल टमाटर, २ क्वीन्टल सिमी र १२ क्वीन्टल काउली आफ्नो खेतीबारीबाट टिप्दै एक हप्तासम्म तरकारी वितरण गरिएको वडा संयोजक केवटले बताए । लाल बहादुर केवटले ८ क्वीन्टल टमाटर, २ क्वीन्टल सेमी, २ क्वीन्टल काउली, राधेश्याम केवटले ४ क्वीन्टल टमाटर, ८ क्वीन्टल काउली र राजकुमार बरईले २ क्वीन्टल काउली सहयोग गरेको इन्चार्ज गुप्ताले बताए।
उनले भने जनमत पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवको पहलमा तरकारी वितरण गरिएको र विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने जनमत पार्टी रुपन्देहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *