The तातो Post

The तातो Post झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् । संक्रमणको स्रोत छोरा संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए । विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो । श्रीमती बाहेक सबैको पोजेटिभ आयो ।

त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अरुको नेगेटिभ आयो तर, ६२ वर्षका बृद्धको रिपोर्ट पोजेटिभ आएको छ । उनी डाइबेटिजको विरामी भएको पाइएको छ । तर परिवारका कुनै सदस्यमा पनि लक्षण देखिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *