The तातो Post ताप्लेजुङ वैशाख २०,

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागीको श्रृङ्खला दोहोरिएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजे आगो निभाइएको थियो ।
‘मान्छे नभएको खाली घरबाट आगलागी सुरुभयो भन्ने छ, कहाँ कसको बाट के कारणले आगलागी भयो यकिन छैन,’ निरौलाले भने, ‘सबै मान्छेहरु आत्तिइरहेकाले हामी तथ्यमा पुग्न सकिरहेका छैनौं ।’ आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

 दमकलबाट पटक/पटक पानी ओसारेर लगाइएको थियो । जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो नियन्त्रणमा आएको थियो ।

 निरौलाको पाँच तले घरको आधा भाग जलेको छ । जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *