The तातो Post

The तातो Post उदयपुर, वैशाख ९ गते । उदयपुरको मस्जिदमा लुकेर बसेकामध्ये थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ। 

 उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो। 

 आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *