The तातो Post  जनकपुर वैशाख ५,


धनुषाको जनक नन्दनी गाउँपालिका खजुरी ४ मा हिजो बिहीबारको दिन १९६ गरीब तथा विपन्न परिवार लाई खजुरी को वडा कार्यालयमा  राहत वितरण गरिएको छ।

खजुरी ४ को वडा अध्यक्ष हरिचन् कमतको निगरानीमा भएको राहत वितरणको सामग्रीह . चावल १० केजी , नमक १केजी,आलु १केजी, तेल १ केजी,मसुर दाल १केजी रहेको र जम्मा १९६ परिवार लाई वितरण गरेको वडाध्यक्ष कमतले जनाएको छ।


१महिना को पर्खाइ पछि राहत पाएको र त्यस राहत मा पनि राजनीतिक खेलबार भएको स्थानीय हरुले गुनासो गरेको छन्। स्थानीय तथा राहत पीडित हरुको भनाइ अनुसार आफ्नो आफ्नो पार्टी का मान्छे लाई मात्रै राहत बाँड्ने जसको घरमा खाना बस्न पुगी रहेको तर गरीब विपन्न जसको लागि राहत आएको छ अझै पनि उनीहरूले राहत नपाई घर फर्केको स्थानीय हरुले बताएको छन्। साथै नेपाल सरकारबाट तोकिएको राहत को ३ भाग को १ भाग मात्रै राहत पाएको स्पष्ट देखिन्छ।

नेपाल सरकार बाट तोकिएको राहत वितरण…



राहत वितरणको क्रममा वडा कार्यालय मा लकडाउन को स्थानीय हरुले धाज्या उडाएको थियो कोरोना भाइरस का कारण लगाएका लकडाउन सामाजिक दूरी तथा मान्छेको भिड बाट टाढा रहन लाई हो तर राहत वितरण को क्रम मा आज मान्छेको भीड प्रहरी र स्थानीय नेता ले समेत कुनै चासो नदेखाएको छ।


गाउँपालिका प्रमुख,उप प्रमुख तथा वडा अध्यक्ष को भनाई अनुसार प्रदेश सरकार बाट जनक नन्दनी गाउँपालिकाको लागि जम्मा १० लाख रकम मात्रै आएको र यही पैसा मा हामीले ६ वटा वडा मा राहत पुर्याउन पर्ने भएका ले नेपाल सरकारले तोके अनुसार राहत वितरण गर्न सके नौ।

१० अप्रिल को जनक नन्दनी गाउँपालिकामा बसेको कांग्रेसको बैठक मा प्रदेश सरकारले बिपन्न परिवारहरुलाई राहत उपल्ब्ध गराउन पठाएका १०लाख अपुग रकमलाई
३०लाख बढाई उपलब्ध गराउन निर्वाचित गाउपालिका अध्यक्ष मो.अब्बदुल बारिक शेषलाई ज्ञापन
पत्र बुझाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *