The तातो Post जनकपुरधाम ८ बैशाख धनुषा।


The तातो Post



 धनुषामा छोराले खन्ती प्रहार गरी वुवाको हत्या गरेको छ । लकडाउनले जनजिवन कष्टकर हुंदै गएको अवस्थामा धनुषाको शहिदनगर नगरपालिका वडा नं ९ विर्ता टोल निवासी ५५ वर्षिय सौखी मुसहरलाई ३० वर्षिय छोरा नथुनी मुसहरले खन्ती प्रहार गरी हत्या गरेको हो । 

 छोरा नथुनीले बालबच्चाका लागि दुध किन्न वुवा संग पैसा मागेका थिए । तर वुवाले पैसा दिन ईनकार गरेपछी हातमा रहेको खन्ती (फलामको डण्डी) प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको चोराकोयलपुर प्रहरी चौकीले जनाएको छ । खन्ती प्रहारवाट टाउको फुटेको छ ।

 घटना लगत्तै नथुनी फरार भएका छन । घटना स्थलमा प्रहरी पुगेको छ । नथुनीको खोजी कार्य जारी रहेको प्रहरी चौकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *