The तातो Post, जनकपुरधाम चैत २७। प्रदेश नं. २ को धनुषामा गएराती कुतरिया (पेलाउन) को लागि राखिएको गहुँमा आगजनी गरिएको छ । 

धनुषाको सबैला नगरपालिका वडा नं. १ स्थित मुसहरी टोलमा किसानले थुपारेर राखिएको गहुँमा अज्ञात  व्यक्तिले आगजनी गर्दा दुई बिघाको गहुँबाली नष्ट भएको हो । 

स्थानीय सत्यनारायण यादवको गहुँबालीमा बुधबार (गएराती) करिब १० बजे मुसहरी टोल नजिकै थ्रेसरमा पेलाउनको लागि जम्मा गरिएर राखिएको गहुँमा आगजनी भएको हो ।

 रातिमा मानिसहरू सुतिरहेको मौकाछोपेर गहुँ आगो लगाई नष्ट गदिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । 



सबैला बजार हुँदै आएको एउटा मोटरसाइकलमा दुई जना सबार व्यक्तिले आगो लगाएर फेरि त्यही बाटोबाट फर्किएको हुन सक्ने एक स्थानीयले बताए । 

व्यक्तिगत दुश्मनीका कारण ४/५ महिनाको मिहिनत र लगानीले उब्जाएको दुई बिघाको गहुँलाई घर भित्र्याउने समयमा आगो लगाएर नष्ट गरिदिँदा यादव परिवार विच्चलीमा परेका छन् ।
यता, मुसहरी टोल भने धनुषाधाम नगरपालिका वडा नं. ३ मा पर्ने गरेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *