The तातो Post,५ बैशाख जनकपुर ।
 धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ ।
शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी फर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो ।
रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको क्वारेन्टाइनको भद्रगोल अवस्थाबारे रिपोर्टिङ्ग गर्न गरी फर्किदैं गर्दा कोइलपुरमा आफूहरुमाथि आक्रमण गरिएको दुबैले बताएका छन् ।
उनीहरुले शहीद नगरपालिकाका मेयर उदय बरबरियाका मान्छेहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् ।
‘ती व्यक्तिहरुले पछाडिबाटै टाउकोमै प्रहार गरे’ उनले भने, “त्सपछि हाम्रो उपकरण समेत खोसेर लगेका छन् ।”
आफूहरुको क्यामेरा र लायपटोप समेत मेयरका मान्छेहरुले लिएर गएको पत्रकार रोहिताले बताए ।
रोहिता टुडे खोज डट कम तथा मोरबैता जनकपुर टुडेमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *