The तातो Post
जनकपुरधाम,बैशाख १५ गते
धनुषामा एक महिला सुतेकै ओछ्यानमा मृत फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका २ बस्ने शुभनारायण महतोकी श्रीमती ३० बर्षिया सिकान्ती महतो सुतकै ओछ्यानमा सोमबार बिहान मृत भेटिएकी हुन् ।
आइतबार राति खाना खाएर छोराछोरीसंगै सुतेकी सिकान्ती सोमबार बिहान मृत अवस्थामा फेला परेपछि उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।
उनको हत्या वा आत्महत्या विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आए पश्चात मात्र उनको मृत्यु विषयमा केहि भन्न सकिने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *