The तातो Post धनुषा, १७ वैशाख 

धनुषाको नगराइन नगरपालिका वार्ड- ७ स्थित देवडीहामा अंदाजी ४०-४५ वर्षीय एक पुरुषकाे शव फेला परेको हो ।

देवड़िहाको पुरनी पोखरीछेउ शिव मन्दिरदेखि दक्षिणमा भुइँमै मृत देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान भइनसकेको धनुषा प्रहरीले जनाएको छ । मृतक साइकलमा आएको र घाम छलन रुखमुनि छहारीमा बसेको जस्तो प्रारम्भिक अनुसन्धानले देखाएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले न्यूज २४ लाई बताउनुभयो ।
धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रवक्ता कार्कीले बताए ।
मृतकको शव यति बेला मुचुलका गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लैजाने तैयारी हुँदै छ । स्थानीयहरुले मृतक को र कहाँको हो भन्ने यकीन गर्न नसकेको देवड़िहावासीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *