The तातो Post

जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषाद्वारा २८ किलो अबैध गाँजा बरामद गरिएको छ । शुक्रवार राती सिमानाकामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेहको हो ।

राती करिव ११ : १५ बजे नायव प्रहरी उपरिक्षक निर्मल खडकाको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरिक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजना सुरक्षाकर्मीहरुको मोटरसाइकल गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका–५ एकराहीवाट सरावे तर्फ गइरहेका तिनजनाले बोकेको तिनवटा पोका फालेर भागेका थिए ।
             

पोका मेशिनले पेलेर प्याक गरिएको तिनवटै पोका खोलेर हेर्दा २०.७ किलो गाँजा बरामद गरिएको सुचना अधिकारी समेत रहेका स.प्र.ना.उ निर्मल खडकाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *