The तातो Post वैशाख २१धनुषा,

धनुषामा पोखरीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ५ स्थित बिर्ताको बागेश्वरी पोखरीमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको हो ।

पोखरीमा डुबेर नगराईन नगरपालिका वडा नम्बर ८ का कमलेश मुखियाको छोरा सुभाष मुखिया रहेका छन् ।

आइतबारको मिथिलाञ्चलमा रैब व्रतको अन्तिम दिन भएको हुनाले आमासँगै पोखरीमा नुहाउन गएको बेला पानीममा डुबेर मृत्यु भएको स्थानीको भनाई छ । बालक पोखरीमा नुहाईरहेको बेला पौडिन नआएपनि डुबेको स्थानीयहरुले जनाएका छन् ।

नुहाएर आमासँगै पोखरीबाट निस्के पनि आमा घरतर्फ लागे तर बालक फेरि नुहाउनका पोखरामा पसेका थिए मृतक बालकको माउली पक्षका हजुरबुबा सिपाल मुखियाले बताए । मृतक बालक ५ दिन अघि मात्रै मामा घरमा आएका थिए ।

बालकको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक दिपक बाबु केसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *