The  तातोPost सप्तरी, १ बैशाख । धरिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सोमबार सप्तरीमा एक किशोरको शव फेला परेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित सडक छेउमा ती किशोरको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । भारदहदेखि भलुवातर्फ जाने कोशी बाँधको छेउमा उनको शव फेला परेको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।
हत्या गरिएका किशोरको पहिचान हुन सकेको छैन् । अहिले घट्नास्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरको टोली खटिएको छ । घट्नाको अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर बोलाइएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताए ।
‘घट्नास्थलमा हामी तालिम प्राप्त कुकुर बोलाएर अनुसन्धान शुरु गरेका छौं’ डिएसपी मिश्रले भने, “बाँकी कुरा पछि थाहा हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *