The तातो Post जेष्ठ ३,


कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो ।

उनी नेपालमा कोरोनाले मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।
         

बिहीबार राति मृत्यु भएको हो । ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो । अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट ४ बजे स्वास्थय मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिइनेछ ।

नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ जसमध्ये ३६ जना भने निको भएका छन् ।

 तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् ।


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *