The तातो Post काठमाडौं, वैशाख ५ गते ।

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन उदयपुरमा १२ र चितवनमा २ गरेर १४ जना संक्रमित भेटिएको पुष्टि गरेको हो।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट पछि १४ जना थपिएको पुष्टि गरेका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । जसमध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु सबैजना भारतीय पुरुष हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका पनि पुरुष नै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *