The तातो Post

नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले जेठ ७ गते नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।’ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा’ भन्दै नक्सा सार्वजनिक गर्ने कदमलाई मन्त्री अर्यालले ‘यो युगको सर्वाधिक ‘उत्कृष्ट क्षण’ भनेकी छन्।

उनले यसअघि छुटेको भूमिलाई समेत यस नक्सामा समेटेको बताइन्।

यसअघि प्रचलनमा भएको नक्सा विक्रम सम्वत् २०३२ सालमा बनाइएको बताइन्छ।

                  
                  

       तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”

Leave a Reply

Your email address will not be published. Required fields are marked *