The तातो Post काठमाडौं वैशाख १५,

प्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण  पिसीआर, विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *