प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ ।

बुधवार साँझ

आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए ।

 मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बसेका छन् । 
नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना लागेको छ ण। मन्त्री यादबकै मन्त्रालयका एक महिलासहित ७ कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । 
संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् । 
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका समेत ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *