The तातो Post

डॉ रंजीत लाई सफलताको कामना💐💐💐
नेपालको पहिलो संक्रमित व्यक्ति चिनवाट आएका विद्यार्थी धनुषा को थियो।  उनको स्वाब परिक्षणका लागि हंकङ्ग पठाउदा पश्चिमी देशहरुमा पाइएको जस्तो आक्रमक किसिमको भाइरस नेदेखिएको डॉ साह को भनाइ हो । नेपालमा निको हुनेको संख्या पनि सन्तोषजनक छ  । मानविय क्षति भएको छैन । नेपालको संक्रमितमा पाइने भाइरस विदेशीहरु भन्दा फरक रहेको हुन सक्ने अनुमान गरिएको बताउछन् । यद्यपि उनले प्रथम संक्रमित वाहेर अरु कसैको पनि परिक्षण विदेश पठाएर अत्याधुनिक ल्यावमा नगरिएकाले अनुमान वाहेक अरु केहि भन्न सक्ने अवस्था भने नरहेको बताए ।

अमेरिका, स्पेन, इटली सहितका देशहरुमा द्रुत गतिमा फैलिने गरेको भाइरस हरुलाई जि, भि र एस गरि तिन प्लेडमा विभाजन गरिएको छ, डा. साहले भने, ‘तर नेपालको संक्रमितमा त्यस अनुसारको भाइरस देखिदैन ।’ त्यसैले पनि हदै सम्मको नियन्त्रण भएको हुन सक्ने अनुमान उनको छ । यद्यपि नेपालमा प्रयाप्त परिक्षण समेत हुन नसकेकाले केहि भन्न सकिने अवस्था नरहेको उनको तर्क छ ।

नेपालमा कोरोनाको संक्रमण र परिक्षणका बारेमा राखेको जिज्ञासाको जवाफमा डा. साहले पछिल्लो नेपालगंजको घटनाले नेपाल कारोना संक्रमणको तेस्रो चरणमा अव प्रवेश गरिसकेको  देखिन्छ । वाहिरवाट आएकामा संक्रमण देखिनु पहिलो चरण, उनले आफनो परिवारजनमा संक्रमण फैलाउनु दोस्रो चरण र समाजमा संक्रमण देखिन थाल्नु तेस्रो चरण रहेको भन्दै डा. साहले अव संक्रमणको यर्थात रुप वाहिर आउने बताए । द्रुत गतिमा परिक्षणका लागि धेरै समस्याहरु रहेको उनी बताउछन् ।

नेपाल स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले कोरोना परिक्षण र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रयोगशाला प्रमुख रुना झालाई विश्वमै पाँच महिलामा पारिए पछि उनीहरु धेरै खुसी छन् । तर यस सफलतामा हाकिम रहेकी झाको प्रयोगशाला भित्रका निडर भइ दिनरात परिक्षण गर्ने टिमको अहम भुमिका रहको छ । उनका परिक्षण टिम पनि अहिले उतिकै खुसी र गौरबान्वित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल अन्तर्गतको कोरोना भाइरस कोभिड १९ परिक्षण गर्ने निकाय नेशनल इन्फलुएन्जा सेन्टरको कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, परिक्षण टोलीको टिम लिडर डा. रञ्जित साह (सरुवा रोग विशेषज्ञ) डा. साह उही डाक्टर हुन जो नेपालमा कोरोनाको आंशकामा सुरुमै चिनवाट विमानमा ल्याएका नेपालीहरुको परिक्षण टिमको अगुवाई गरे । त्यसवेला परिक्षणका लागि कोहि पनि अगाडि बढन हिम्मत नगरिरहेका वेला बनाइएको एक टिमको सदस्य भएर अगुवाई गर्दै उनले निडर भएर सवैको परिक्षण गरे र सुरक्षित घर पठाए । एबम उहाँ हरुको जोशीलो टीम वर्क ले आज देश सम्मानित हुन पाएको ।

डा. रञ्जित साह (सरुवा रोग विशेषज्ञ)
सिरहाको कल्याणपुर नगरपालिकाका वडा नं. ११ बस्ने पिता चन्द्रभुषण प्रसाद साह र माता सीता देवी साहको दुईछोरा र एक छोरी मध्ये माइला सन्तानका रुपमा अगस्त २९, १९८८ मा जन्मेका डा. रञ्जित करिव सात महिना भन्दा बढी देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेशनल इन्फलुएन्जा सेन्टरमा कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, टिम लिडरको रुपमा कार्यरत छन् । जेठादाई बालरोग विशेषज्ञ र कान्छी वहिनी पनि नेपालमै चिकित्सकिय पेशामै रहेको ।

बंगलादेशवाट एमबिबिएस अध्यन्न गरेका डा. साह नेपालको महराजगंज शिक्षण अस्पतालवाट माइक्रोबाइलोजी विषयमा एमडी गरेका छन । त्यसपछि भारतको दिल्ली गुरगाँउ स्थित मेदान्त द मेडिसिटी शिक्षण अस्पतालमा सरुवा रोग विषयमा फेलोशिप गरेको डा. साह अहिले विश्वकै उत्कृष्ट मानिने अमेरिका स्थित हारभार्ड युनिभरसिटीमा सरुवा रोग विषयमै क्लिनिकल रिसर्च गरिरहेका छन् ।  यस्ता रिसर्च गर्ने नेपालमा उनीसंगै चार पाँच जना मात्र छन् ।

डा. साह अहिले दैनिक करिव १२ देखि १४ घण्टा सम्म अवेर रातीको तालिकामा परिक्षणमा व्यस्त हुन्छन् । नेपालमा अहिले सम्म करिव ७ हजार भन्दा माथीको कोरोना संक्रमण भए- नभएको परिक्षण भएकोमा डा. साहले नै आधाजती परिक्षण गरेको बताइएको छ ।

अविवाहित डा. साह आफु्ले पढेका र जिवनको मुख्य काम नै सरुवा रोग विषयलाई बनाएकाले आफनो कर्तब्य र उतरदायित्वलाई बुझेरै घरपरिवारलाई सम्झाएर परिक्षणको काममा लागेको बताउछन् ।
‘विवाह भएको छैन श्रीतमी र बच्चाहरुको दबाब समेत नरहेकाले काम गर्न केहि सजिलो छ । डा. साह भन्छन– ‘मैले डरले अहिले काम नगरेको भए, पढेर पनि देशका लागि केहि गर्न सकिएन भन्ने जिवनभर आत्मगलानीको सिकार हुन्थे ।’ बुवा आमा दैनिक फोन गरेर हालखवर बुझनु हुन्छ भन्दै डा. रञ्जितले नेपाल हदै सम्म सुरक्षित छ र म पनि आफनो हिसावले हरसम्भव सुरक्षित भनेर समझाउने गरेको बताउछ ।

उज्ज्वल भविष्य को कामना संग उत्तरोत्तर प्रगतिको कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *