The तातो Post


ठेगाना :- काठमाडौँ
Marketing :- Info@thetatopost.com

FaceBook

© 2020 The तातो Post All right reserved.
Crafted with  by TemplatesYard | Distributed by MyBloggerThemes

facebook-white sharing button
twitter-white sharing button

कोरोना भाइरसबाट नेपालमा मृत्यु भएका दोस्रो व्यक्ति बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरमा बोकेर अन्तिम संस्कार गरिएको छ।

कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहान मृत्यु भएका ती युवकको शव राति साढे ९ बजेतिर राप्ती किनारमा लगेर गाडिएको हो।

शव व्यवस्थापन गर्न गएका ७ जना सबैले पिपिईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी शव व्यवस्थापन गर्न गएका थिए।

स्रोतका अनुसार कोरोनाभाइरसबाट कसैको ज्यान गए कसरी शव व्यवस्थापन गर्ने भनेर बाँकेमा टिम बनिसकेको थिएन।

‘अपर्झट ती युवाको मृत्यु भएपछि प्रक्रिया पूरा नगरी एउटा टिम बनाएर शव व्यवस्थापन गरिएको हो,’ स्रोतले भन्यो।

भगवानपुरको क्वारेन्टिन खुल्ला ठाउँ र राप्ती नदीको किनारमा भएको हुँदा डोजरबाटै उठाएर शव लैजान सजिलो भएको थियो।

सुरूमा दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनबाट झन्डै साढे २ सय मिटर टाढा दक्षिणतर्फ शव गाड्न खोजिएको थियो। तर गाउँलेहरूले जोखिम हुने भन्दै त्यहाँ शव गाड्न दिएनन्।

त्यसपछि थप एक किलोमिटर जति टाढा राप्ती नदीको किनारमा लगेर शव गाडिएको नरैनापुर गाउँपालिका- ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले जानकारी दिए।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य उपसंयोजक नागेन्द्र साहले करिब ९ बजेतिर शव गाडेर सकिएको जानकारी दिए।

‘डोजरले पहिलै गएर शव गाड्ने खाडल खनेर तयार पार्‍यो, अनि बकेटमा बोकेर लगेर खाडलमा हाल्यो,’ साहले भने ‘मानिस कोही पनि नजिक जानु परेन।’

क्वारेन्टिनवाट मृतक युवाको शव सवा ८ बजेतिर डोजरले बोकेर लगेको उनले बताए। त्यसपूर्वक नै मृतकको शवलाई स्वास्थ्यकर्मीले प्लाष्टिकले र्‍याप गरिसकेका थिए।

शव व्यवस्थापनमा संलग्न नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक भानबहादुर बिसीले ७ फिट गहिरो खाडल खनेर शव गाडिएको बताए।

‘नदी किनारको चौर भएको हुँदा खन्न गाह्रो थिएन, अझै गहिरो खन्ने भन्ने कुरा थियो, तर ७ मिटर गहिरो खनिसकेपछि तलबाट पानी निस्कन थालेपछि खाडल खन्न छोडिएको हो,’ बिसीले भने।

खाडल खन्नुपूर्व र खाडल खनेपछि शव राख्नुभन्दा पहिला पनि त्यहाँ औषधी छर्किएको हो। शव राखेर खाल्डो पुरेर सके पनि पछि आसपास जताततै औषधी छर्किएको बिसीले बताए।

त्यसपछि सबैले लगाएका पिपिई पनि त्यहीँ जलाइयो।

बिसीले भने, ‘डोजरमा पनि पुरै स्प्रे गरियो र औषधी छर्ने ट्याङ्की पनि त्यहीँ जलाएर आएका हौं।’

शव उठाउनुपूर्व र शव गाडेर आएपछि पनि ती युवा मरेको दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनमा औषधी छर्किएको प्रहरी निरीक्षक बिसीले बताए।

शव उठाउनुभन्दा पहिला नै नरैनापुर गाउँपालिका-५ दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिन पुरै खाली गरिएको थियो।

भगवानपुर क्वारेन्टिनमा बसेका थप ३८ जनालाई आइतबार ती युवाको शव उठाउनुभन्दा पहिला नै वडा नम्बर ६ स्थित जय किसान माविको क्वारेन्टिनमा स्थान्तरण गरिएको छ।

भगवानपुरबाट जयकिसान माविको क्वारेन्टिन लगभग ५देखि ७ सय मिटरको दूरीमा छ।

उनीहरूलाई लैजानुपूर्व सबैमा औषधी स्प्रे गरी सुरक्षित तरिकाले लगिएको स्वास्थ्यकर्मीले बताएका छन्।

                  
                  

       तपाईंको स्थानीय ठाउँको समाचार प्रकाशन गर्नु परे हामीलाई अवस्य सम्झनु होस् 


“भरष्ट्राचार विरोध को एक मात्र आवाज The तातो post”
                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *